सिभिल क्यापिटलको विशेष साधारण सभा, चुक्ता पूँजी २५ करोड पुर्याउने प्रस्ताव पारित

  २०७५ चैत २८ गते २०:०८     विकासन्युज


काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा विहीबार सम्पन्न भएको छ ।

साधारण सभाले कम्पनीको चुक्ता पूँजी २५ करोड हुने प्रस्ताव पारित गरेको छ । जसमध्ये कम्पनीका संस्थापकले तत्काल कबुल गरेको चुक्ता पूँजी २१ करोड २५ लाख हुने छ । सो पूँजीलाई प्रति शेयर १०० का दरले २१ लाख २५ हजार कित्ता साधारण शेयरमा बिभाजन गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएको छ ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणको लागि छुट्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.