पब्जि खेलमाथी सरकारले लगायो प्रतिबन्ध

  २०७५ चैत २८ गते १६:०५     विकासन्युज

काठमाडौं । सरकारले पब्जि खेलमाथी प्रतिबन्ध लगाएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले पब्जि खेलमाथी बिहिबारदेखि नै लागु हुने गरि प्रतिबन्ध लगाएको प्रवक्ता मिन प्रसाद आर्यालले विकासन्युजलाई जानकारी दिए ।

प्राधिकरणले आजै सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जिमाथी प्रतिबन्ध लगाउन निर्देशन दिईसकेको छ । पब्जि खेलका कारण युवा तथा बालबालिकाहरुमा हिंसात्मक सोँच बढेकाले प्रतिबन्ध लगाईएको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार महानगररिय अपराध महाशाखाले पब्जिमाथी प्रतिबन्ध लगाउन पत्राचार गरेको थियो । त्यसकै आधारमा प्रतिबन्ध लगाईएको उनले जानकारी दिए । यस अघि भारत बिभिन्न राज्यहरुमा पब्जिमाथी प्रतिबन्ध लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.