पुतली बगैँचामा १० अर्बको संसद भवन

  २०७५ चैत २८ गते ९:४५     विकासन्युज

काठमाडौं । सिंहदरबारको पुतली बगैँचामा १० अर्ब लागतमा संसद भवन निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न संसद भवनको नक्सा तयार पारिसकेको छ । ‘हामीले नक्सा तयार पारिसकेका छौं, केहि समयभित्रै टेण्डर निकाल्ने तयारी छ’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासन्युजसँग भने ।

अर्थमन्त्रालयले संसद भवन निर्माणका लागि १० अर्बको बजेट सुनिश्चितता गरिदिएको छ । ‘१० अर्बको बजेट सुनिश्चितता पाएका छौं, अब श्रोतको अभाव हुन्न हामी ३ बर्षभित्र आधुनिक संसद भवन तयार हुनेछ’, मन्त्री राईले भने । मन्त्रालयले साढे २ बर्षमा निर्माण सम्पन्न हुने गरि ठेक्का लगाउने तयारी गरिरहेको छ ।

साढे २ बर्षको निर्माण अवधी र ६ महिनाको अतिरिक्त(ग्रेस) समय उपलब्ध गराईने मन्त्री राईले बताए । बैशाखसम्म खरिद प्रक्रिया सम्पन्न गरेर जेठदेखि निर्माण आरम्भ गरिने तयारी भैरहेको छ । योजना अनुसार अघि बढेका २०७८ असार मसान्तमा नयाँ संसद भवन तयार हुनेछ ।

आफ्नै संसद भवनको अभावमा २०६४ सालदेखि भाडाको भवनमा संसद सञ्चालन हुँदै आएको छ । संसद भवन भाडाका लागि सरकारले बर्षेनी करोडौं रुपैंयाँ खर्चँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.