डा. भिष्म भुषाललाई वैरो विभागको कमाण्ड, अवैध बाटोबाट विदेश जान रोक्ने प्रतिवद्धता

  २०७५ चैत २८ गते ९:१५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भिष्म कुमार भुषाल नियुक्त भएका छन् । श्रम मन्त्रालयले डा. भुषाललाई विभागमा यथेष्ठ सुधारको म्याण्डेटसहित नेतृत्व सुम्पेको हो । पुननिर्माण प्राधिकरणको प्रवक्ता हुँदै बिरगञ्ज महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका भुषालले एक महिना श्रम मन्त्रालयमा खटिएपछि विभागको नेतृत्व पाएका हुन् ।

नेपालीहरुलाई अवैध बाटोबाट विदेश पठाउने गिरोह विरुद्ध कठोर कदम चाल्ने घोषणा गरेका छन् । विकासन्युजसँग कुरा गर्दै उनले भने ‘अवैध बाटोबाट विदेश पठाउने गिरोहको अड्डामा धावा बोल्नु पर्नेछ, त्यस बाहेक विदेशमा रहेका ४३ लाख नेपालीको हितको पक्षपोषण गर्नेछु’, भुषालले भने ।

यसो भन्छन् भुषाल
विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ । वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुःख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुःखमा मलहम पट्टी लगाउन म र मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन् । यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन् तथापि हाम्रो सम्पूर्ण मन वचन र कर्म यहाँहरुको सेवामा लाग्नेछ ।

वैदेशिक रोजगार व्यवसायी मित्रहरु ! यहाँहरुको पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला । वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हाते मालौ गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.