घातक रोगतर्फ बीमा कम्पनीको सक्रियता, कुन कम्पनीले गर्छन् कति वटा रोगको बीमा ?

  २०७५ चैत २७ गते १४:५१     नबिन पोखरेल


काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीहरुले घातक रोगको बीमामा सक्रियता देखाएका छन् । आकस्मिक रुपमा लाग्ने रोगको सुरक्षणमा कम्पनीहरुले बिमितलाई सेवा दिन यस्ता पोलिसि ल्याएका हुन् ।

बीमा समितिका सूचना अधिकारी पुजन ढुङगेलका अनुसार अनुसार जीवन बीमा गर्ने कम्पनीहरुले घातक रोगको पोलिसी मात्र बेच्न पाउँदैनन् । घातक रोगको सन्दर्भमा कम्पनीहरुले विषेश रोगको लागि भनेर पोलिसी बिक्री गर्ने गरेका छन् । बीमा कम्पनीहरुले २० वटासम्मका रोगहरुको बीमा गर्दै आएका छन् ।

जीवन बीमा कम्पनीमा डाक्टरले क्रिटीकल रोग लागेको प्रमाणित गरेमा रकम तिर्ने खालको पोलिसी हुन्छ । यसमा ज्यान जान सक्ने हृदयघात, किड्नी खराबी जस्ता रोगहरु पर्छन् । यस्ता रोगहरु बीमा कम्पनीहरुको एक्चुरीले तयार पारेको रिपोेर्टमा समावेश हुन्छ ।

बीमा समितिले उक्त रिर्पोट ठिक छ भनेर स्विकृति दिए पश्चात सो पोलिसी मार्फत बीमा कम्पनीहरुले बिमितलाई सेवा दिने गर्छन् । यस्ता किसिमको पोलिसी उपचार खर्च दिने खालको हो । घातक रोग लागेमा पैसा पाईन्छ । बिमितलाई तोकिए बमोजिम पैसा दिएपछि अन्य थप पैसा भने पाईदैन । जीवन बीमा कम्पनीमा ‘लाईफ पोलिसी‘ लिएपछि थप शुल्क बुझाएर मात्र घातक रोगको बीमा गर्न मिल्छ ।

कुन कम्पनीले गर्छ कति वटा रोगको बीमा ?
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १५ घातक रोग विरुद्ध सुरक्षा दिंदै आएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोग (क्रिटिकल इल्नेस) को ५० लाख सम्मको बीमा गर्दै आएको छ । ‘घातक रोग सुविधा योजना’ मार्फत कम्पनीले आफ्नो पोलिसि बिक्री गर्दै आएको छ ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना बनाएको छ । सो योजनामा १८ प्रकारका घातक रोगको उपचारका लागि आर्थिक सुरक्षा हुने गर्छ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ग्राहकका लागि जीवन शान्ती बीमा योजना मार्फत स्वास्थ्य बीमा दिंदै आएको छ । सो कम्पनीले ग्राहकको १८ वटा घातक रोगको लागि सुरक्षण दिने पाईएको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमितलाई १८ प्रकारका प्राण–घातक रोगका लागि बीमा सुविधा प्रदान गर्दै आएको छ । कम्पनीले घातक रोग लाग्दा बिमितलाई उपचार खर्चका लागि एकमुष्ट ५० लाखसम्मको भुक्तानी गर्दै आएको छ । यस्तै, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ११ वटा घातक रोगको बीमा गर्दै आएको छ । कम्पनीले बिमितलाई १० लाख सम्मको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.