हावाहुरी पिडितलाई शैक्षिक परामर्श संघको सहयोग

  २०७५ चैत २७ गते १४:३८     विकासन्युज

काठमाडौं । बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरीबाट पिडितलाई नेपाल शैक्षिक परामर्श संघले आर्थिक सहयोग गरेको छ । संघ भित्रका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित रकम जम्मा रु. ५ लाख २ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको हो । सो रकम प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउत मार्फतको राहत कोषमा हस्तान्तरण गरिएको छ ।


विपत्तिपुर्ण घडीमा पिडित सबैको उद्धार, उपचार, राहत तथा पुनर्वासका लागि नेपाल सरकार, प्रदेश नं. २ सरकार तथा सम्वन्धित स्थानिय सरकारहरुका भईरहेका पहल र प्रयत्नहरु प्रति सम्मान गर्दै राहत तथा उद्धार कार्यलाई सकेसम्म पारदर्शी र प्रभावकारी बनाउन संस्थाले अपिल गरेको छ । नेपालको भौगोलिक अवस्थिति जे जस्तो भएपनि संकटको समयमा तराई, पहाड अनि हिमाल एकजुट भएर विपत्तिको सामना गर्ने हामी नेपालीहरुको गौरवमयी परम्परालाई यस घटनाका समयमा पनि हामीले चरितार्थ गरिरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजिक उत्तरदायित्व वहन गर्दे आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.