नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता १ करोड ८८ लाख, भ्वाइस सेवा सस्तोदेखि निःशुल्कसम्म

  २०७५ चैत २७ गते १३:१८     विकासन्युज

काठमाडौँ । करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।

नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए ।

हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो सेवा आमउपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने शहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको ब्यापक विस्तार गर्नुका साथै सेवाको मुल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरुको संख्या पनि ब्यापकरुपमा बृद्धि भएको छ ।

२०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिव २ करोड १३ लाख पुगेका छन् । यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।

२०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रुपमा आएको थियो, जव कि त्यसवेला युरोप अमेरिकालगायतका विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रुपमा प्रयोग हुन थालिसकेको थियो । शुरुमा मोबाइल फोन लिनका लागि ५१ हजार रुपियाँ (मोबाईल सेटको रु.२० हजारसहित) भूक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा  सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् ।

प्रविधिको विकाससँगै मोबाइल सेवाको मुल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपियाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोष्ट पेड मोबाइल लिन सकिन्छ भने ५० रुपियाँ बराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपियाँमा नै लिन सकिन्छ ।

शुरुमा पोष्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भाद्र देखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापकरुपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाख महिना देखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पुर्याएको थियो ।

प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ जेठदेखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्री जी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्री जी मोवाइल सेवा दक्षिण एशियामा नै पहिलो पटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो । २०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पुर्याइएको थियो । यसका साथै मुलुकमा पहिलोपटक फोर जी सेवा भित्र्याउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ ।

२०७३ पौष १७ गते देखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल फोर जी (एलटीई) सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अव एक वर्षभित्रमा मुलुकभर फोर जी (एलटीई) मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौताहरु भइसकेका छन् ।

नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा  सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध छन् ।

कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।

अल टाइम भ्वाइस प्याक
यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।

नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिन्छ ।

प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।

सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न सकिन्छ ।

यस अन्तर्गत जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसैगरी जीएसएम/सीडीएमए पोष्टपेड/प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ ।

डे प्याक
डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ ।

एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेट तर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् ।

सीडीएमए प्रिपेड स्काईबाट मासिक २० रुपैयाँ
सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करवाहेक २० रुपैयाँ मात्र तिरे पुग्छ । यो सेवा सुचारु गर्नका लागि सीडीएमए प्रिपेड सेवाका ग्राहकहरुले मोबाइलको म्यासेज बक्समा नाइट टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.