पर्यटन करलाई एकरूपता बनाऊ : टान

  २०७५ चैत २७ गते ८:३६     विकासन्युज

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पर्यटन क्षेत्रमा स्थानीय निकायले लगाउन थालेको करलाई व्यवस्थित गर एकरूपता बनाउन माग गरेको छ ।

प्रख्यात खुम्बु क्षेत्रमा खुम्बु पासाङ गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ कर लिन थालेको जानकारी दिँदै मंगलबार आयोजित एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले भने, ‘अन्य स्थानीय निकायबाट पनि यस्तै हुन खोजेकाले समाधान निकाल्न आवश्यक छ ।’

त्यस्तै पर्यटक खोज उद्धार तथा अनुगमन कार्यविधि २०७५ अनुसार पर्यटकले अनिवार्य रूपमा प्रशिक्षित पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न पनि टानले माग गरेको छ । टानका अध्यक्ष दाहालले भने, ‘अहिले पर्यटक आफूखुसी एक्लाएक्लै विभिन्न पदमार्गमा गइरहेका छन्, यसले एकातिर पर्यटकको असुरक्षा बढाएको छ भने अर्को तर्फ ट्रेकिङ व्यवसायीको पेसामा नकारात्मक प्रभाव पारेको छ ।’

टानका पूर्वअध्यक्ष जेबी सिंहले संविधानको अनुसूचीमा पर्यटन क्षेत्रबाट संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले कर उठाउन पाउने उल्लेख गरेकाले अन्योलता बढेको बताए । पर्यटन क्षेत्रमा सबै सरकारले कर उठाउन थाल्ने हो भने देशको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने र विश्वभर यसको सन्देश नराम्रो जाने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.