कालीकोटका अग्नी पीडित बिद्यार्थीलाई सांग्रिला बैंकको दियो छात्रवृत्ति

  २०७५ चैत २६ गते १८:२८     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पीडित परिवारका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पीडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति रकम एक कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई रु. १ लाखको चेक हस्तान्तरण गरेका हुन् । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्ने बैंकले जनाएको छ ।

यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.