दोहोरो अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार

  २०७५ चैत २६ गते १५:४०     विकासन्युज


काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८१.१० बिन्दुमा पुगेको छ ।

मंगलबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखिए । बैंक समूह ९.३६, होटल समूह ०.९१, विकास बैंक समूह ३.३५, जलविद्युत समूह ६.८९, वित्तीय समूह ०.५८, निर्जीवन बीमा समूह ८६.५७, उत्पादनमूलक समूह ३६.३२, अन्य समूह ३.४८, लघुवित्त समूह १५.११ र जीवन बीमा समूह ८३.०२ अंकले घटेका छन् ।

बजार घटेको दिन नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने जोशी हाइड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले ८.१२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.