गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्छ : अर्थमन्त्री

  २०७५ चैत २६ गते १५:२०     विकासन्युज

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्ने बताएका छन्।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वोरको ४५ औं वार्षिकोत्सव मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनको लागि सबैको सहयोग आवश्यक रहने कुरामा जोड दिँदै सरकारले सबै गर्दिन्छ भनेर आफुहरु केही नगरि बस्ने काम बन्द गर्न आग्रह गरे। स्वास्थ्य क्षेत्रको सुधारमा सरकारको मुख्य दायित्वो भएपनि सबैजनाको सहयोग आवश्यक रहेको उनले बताए।

अस्पतालको ४५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले नेपाल आँखा अस्पताल अन्य आँखा अस्पतालको जननी भएको र अस्पतालले आफुलाई भौतैक संरचना र उपकरणले युक्त बनाएको भन्दै प्रशंशा गरे।

अस्पतालले वार्षिकोत्सवको अवसरमा आफ्नो उत्कृष्ट कर्मचारी, सामाजिक उत्तरदायित्वो निभाउने ४ वटा बैंक र निशुल्क आँखा दान गर्ने संस्थालाई सम्मान गरेको थियो।

अस्पतालले वार्षिकोत्सवको अवसरमा ४५ जना मोतियाविन्दु भएका बिरामीको निशुल्क शल्यकृया गरेको छ। कार्यक्रममा उपचार गरिएको बिरामीको आँखाको पट्टी खोली अर्थमन्त्री खतिवडाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा अस्पतालका संस्थापक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले अन्धोपन हुनुको मुख्य कारणमा मधुमेह पनि भएकोले यसलाई ध्यान दिन जरुरी रहेको बताए।

अस्पतालले वर्षभरि एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र पाँच हजार बढी शल्यक्रिया गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.