चन्द्रपुरमा बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम

  २०७५ चैत २६ गते १३:०९     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम रौतहटको चन्द्रपुरमा सम्पन्नभएको छ ।

तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

इन्स्योरेन्सका प्रबन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम, कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ५० जना कृषि तथा पशु बीमा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन रौतहट शाखाका शाखा प्रमुख ओमराज निरौलाले गरेका थिए भने २ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक हुलाश यादव, केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरण गरेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडले फागुन महिनादेखि रौतहटको चन्द्रपुर शाखाबाट निर्जीवन बीमाको सम्पूर्ण कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.