हिमालय उर्जाको सेयरमा करिब ४ गुणा बढी आवेदन

  २०७५ चैत २५ गते १९:०७     विकासन्युज

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले सर्वधारणका लागि जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयरका लागि ४ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सोमबार अन्तिम दिन सम्म साँझ ५ बजे सम्ममा करिब ७२ हजार जना आवेदकहरुले ५१ लाख ३७ हजार ५५० कित्ता सेयरको लागि रु. ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन् । लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले सेयर निष्काशन भएर माग भए भन्दा४ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमाभएर बहने खिम्तिखोलामाकम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाखमात्र रहेको छ भने दुवै आयोजना २०७६ आसार मसान्तमा सम्पन्न हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.