टिच फर नेपाललाई नेपाल बङ्गलादेश बैँकले गर्यो १० लाख सहयोग

  २०७५ चैत २५ गते १८:५१     विकासन्युज


काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टिच फर नेपाल काठमाडौँलाई १० लाखकोे रकम हस्तान्तरण गरेको छ ।

सोमबार बैंकका प्रतिनिधि, कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिंह र टिच फर नेपाल काठमाडौँको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर खनालद्वारा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको भयो ।

सो रकम संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु सार्वजनिक विद्यालयमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.