बाराका हावाहुरी पीडितलाई राप्रपा (राष्ट्रवादी)को सहयोग

  २०७५ चैत २५ गते १७:४०     विकासन्युज


काठमाडौ । केही समय अगाडी बारा जिल्लामा आएको हावाहुरीमा क्षती पुगेका परिवारलाई राप्रपा(राष्ट्रवादी)ले सहयोग गरेको छ । बाराको पुरैनिया तथा भरवलियाका पिडीत परिवारलाई राष्ट्रवादीका सह-महामन्त्री प्रदीपविक्रम राणाले राहात प्रदान गरेका हुन् ।

पीडित परिवारलाई सहयोग गर्न राप्रपा नेपालका सदस्य जनताको घर, दैलोमा पुगेका थिए । गत शुक्रबार बिहान नेता राणाले पानी, विस्कुट, चाउचाउ देखी बालबालीकालाई आवश्यक पर्ने किताब, कपी लगायतका सामाग्री समेत वितरण गरेका थिए ।  नेता राणाले भने –‘आपत विपतको बेलामा भाईचाराको आवश्यक हुन्छ, त्यसैले हामी तराई पुगेका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.