ओपोको एफसिरिज अन्तर्गत एफ११ प्रो आउँदै, यस्तो हुनेछ विशेषता

  २०७५ चैत २५ गते १७:१४     विकासन्युज

काठमाडौं । ओपोको लोकप्रिय एफसिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने भएको छ ।

एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै नयाँ फोनमा एफनाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध गरिने छ ।

सार्वजनिक हुने तयारीमा रहेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

परम्परागत मोबाइलसंग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.