काठमाडौँमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

  २०७५ चैत २५ गते १७:०४     विकासन्युज

काठमाडौँ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए ।

त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयरपार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।

आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन्२०१८को नाडा अटोशो मार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय सोरुम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.