ज्योति लाईफमा बीमा गराएकालाई ग्राण्डी अस्पतालमा विशेष छुट

  २०७५ चैत २५ गते १६:४२     विकासन्युज


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच संझौता भएको छ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको भएको हो ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ग्राण्डी अस्पतालबाट उपलब्ध हुने उच्च स्तरीय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका बजार तथा व्यवसाय विकास प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.