सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यान्वयनमा, प्रभु बैंकले २५ लाख सम्म दिने

  २०७५ चैत २५ गते १६:२९     विकासन्युज


काठमाडौँ । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापा र प्रभु बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सहुलियत कर्जा कार्यान्वयनको शुभारम्भ गरेका हुन् ।

नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच यसअघि नै सम्झौता भएको थियो ।

सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सैनिकहरुका छोराछोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञानतथावनविज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

सम्झौता बमोजिम यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाख सम्मको हुनेछ । शैक्षिककर्जा सुविधा प्रभु बैंक लि.को बबरमहलस्थित मुख्य शाखा कार्यालय लगायत यो कर्जा सुविधा उपभोग गर्न चाहने सैनिक सन्ततीहरुलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.