नेप्से परिसूचक झण्डै दोहोरो अंकले बृद्धि, कारोबार रकमपनि बढ्यो

  २०७५ चैत २५ गते १६:०२     विकासन्युज


काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ८ समूह हरिया देखिए भने २ समूह राताम्मे भए ।

बैंक समूह ४.९८, विकास बैंक समूह १.८३, जलविद्युत समूह ०.६९, वित्त समूह १.२७, निर्जीवन बीमा समूह १५३.७, उत्पादनमूलक समूह ०.३१, लघुवित्त समूह ३६.५१ र जीवन बीमा समूह १६७.५ अंकले बढेका छन् । होटल समूह ५.५ र अन्य समूह २.५६ अंकले घटेका छन् ।

सम्मीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरे भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.