कामना सेवाका ग्राहकलाई साहारा हस्पिटलमा विशेष छुट

  २०७५ चैत २५ गते १५:४७     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुखसुवास भट्टराई र साहारा हस्पिटल प्रालिको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.