सिन्धुलीको भीमानमा सेन्ट्रल फाइनान्सको नवौँ शाखा बिस्तार

  २०७५ चैत २५ गते १४:४५     विकासन्युज


काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको नवौँ शाखा सिन्धुली जिल्लाको भीमानमा उद्घाटन भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रजोजमान श्रेष्ठ, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटा र सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको पनि उपस्थिति रहेको थियो ।

कमलामाई क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसुलभ रुपले बैंकिङ सेवाहरु प्रदान गर्ने उद्देश्यले नवौँ शाखा खोलेको र संस्थाको शाखा सञ्जाल बिस्तार गर्ने योजना अनुरुप यो शाखा सञ्चालन भएको सिइओ श्रेष्ठले बताए । संस्थाले ८ प्रतिशतसम्म ब्याज रहेको विभिन्न प्रकारका बचत योजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्षको अवधिमा विभिन्न प्रकारका मुद्दती निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले २०७५ साल चैत ५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने एबीबीएस सुबिधा सहित काठमाडौँको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा कार्यालय सञ्चालनमा रहेको छ । संस्थाको चुक्तापूँजी ८२ करोड ३४ लाख, निक्षेप ३ अर्ब २० करोड र लगानी लगानी ३ अर्ब रहेको सिइओ श्रेष्ठले बताए ।

सेन्ट्रल फाईनान्स लिमिटेडले तत्कालिन कम्पनी ऐन २०२१ बमोजिम मिति २०५३ बैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५४ साल बैशाख २ मा वित्तीय कारोवार गर्ने राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त गरी विगत २२ बर्ष देखि वैकिङ्ग कारोवार संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.