त्रिविको स्नातकोत्तरमा प्राइभेट परिक्षा दिनेलाई यो साल अन्तिम मौका

  २०७५ चैत २५ गते १४:०३     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वोविद्यालयमा स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषय पढ्ने विद्यार्थीले यो पटक पनि प्राइभेट परिक्षा दिन पाउने भएका छन्।  बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ।

अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। जोशिको अनुसार आउँदो सत्र देखी भने प्राइभेट परीक्षा फारम भर्ने पाईदैन।

प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ।

त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ। सेमेस्टर प्रणाली अनुसार विद्यार्थी ८० प्रतिसत हाजिर हुनपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.