बर्जर स्पेसेज आइडिया अवार्ड २०१८ को ग्राण्डफिनाले सम्पन्न

  २०७५ चैत २५ गते १३:५९     विकासन्युज

काठमाडाैं । बर्जर स्पेसेज इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड (आइडिया)–२०१८ को आयोजना स्पेस म्यागाजिनले प्रमुख पेन्ट उत्पादकको रुपमा चिरपरिचित बर्जर जेन्सन एण्डनिकल्सन (नेपाल)सँगको सहकार्यमा गरेको थियो । नेपालमा इन्टेरियर डिजाइनको उचाई बढाउन तथा इन्टेरियर डिजाइनसँग तल्लिन विद्यार्थीहरु र प्रोफेसनलहरुको सिर्जनात्मक कलालाई सम्मान प्रदानगर्ने उद्देश्यका साथ स्पेस म्यागाजिन र बर्जर पेन्ट्सले संयुक्त रुपमा बर्जर स्पेसेज इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड (आइडिया) को अवधारणा प्रस्तुत गरेका हुन् ।


यस अवार्डको स्थापनासँगैं इन्टेरियर डिजाइनको क्षेत्रमा धेरै प्रतिभाशाली विद्यार्थीहरु र पेशाकर्मीहरु देखा परेका छन् । आइडिया अवार्ड २०१८ का विजेताहरुलाई यही २०७५ साल चैत्र २२ गते शुक्रबार, होटल अन्नपूर्ण, दरवार मार्गमा आयोजित एक समारोहकाबीच पुरस्कृत गरिएको छ ।
उक्त समारोहको प्रमुख अतिथि इन्जिनियर शंकरनाथ रिमाल र विशेष अतिथिको रुपमा मिस नेपाल वल्र्ड २०१८ शृखला खतिवडा उपस्थित रहेको थियो ।

विद्यार्थी तहको प्रतिस्पर्धी समूहमा प्रथम पुरस्कार रिया स्थापितले प्राप्त गरेकी हुन् । भनें द्वितीय पुरस्कार स्नेहा श्रेष्ठ र तृतीय पुरस्कार सरिना शिल्पकारले प्राप्त गरेका थिए । बर्जर जेन्सन एण्डनिकल्सन (नेपाल) प्रा.लि. सन् २००० देखि नेपालमा सजावटी पेन्टहरुको उत्पादन र बजार प्रवद्र्धनमा सक्रिय रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.