पाँच ओटा बैंकहरुको निक्षेप घट्यो, धेरै निक्षेप घटाउनेमा ‘ठूला बै‌ंकहरु’ नै अगाडि

  २०७५ चैत २५ गते १५:२०     विकासन्युज

काठमाडौं । सबैभन्दा धेरै निक्षेप उठाउने दुई वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको एनआईशी एशिया बैंकको निक्षेप फागुन महिनामा क्रमशः ३ अर्ब र सवा ६ अर्ब रुपैंयाले घटेको हो । माघ मसान्तमा १ खर्ब ८१ अर्ब रुपैंया रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेसँगै निक्षेप आकार १७८ अर्बमा झर्दा एनआईशी एशियाको निक्षेप १ अर्ब ७६ करोड रुपैंयाबाट करिब १ अर्ब ७० करोड रुपैंयामा झरेको हो । निक्षेपको गिरावटका बाबजुद पनि ती बैंकहरु निक्षेप संकलन गर्ने वाणिज्य बैंकहरुको सूचीमा पहिलो र दोस्रो नम्बरमै छन् ।

ती बैंकहरुबाहेक सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्य अन्य ३ वाणिज्य बैंकहरुले फागुन महिनामा निक्षेपको आकार घटेको छ ।े नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र मेगा बैंकको समेत उक्त अवधिमा निक्षेपको आकार घटेको छ । नेपाल राष्ट्र बैंकको फागुन मसान्तको वित्तीय अवस्थामा आधारित तथ्याङ्क अनुसार बाँकी २३ बैंकहरुमध्ये २२ बैंकहरुको निक्षेप बढेको भए पनि सानिमा बैंकको निक्षेपमा भने कुनैपनि वृद्धि नभएको देखाइएको छ । नेपाल एसबीआई बैंकको २ अर्ब ४३ करोड, एभरेष्ट बैंकको ७३ करोड र मेगा बैंकको ३५ करोड रुपैंयाले निक्षेप घट्न पुगेको हो ।

निक्षेप बढाउने बैंकहरुमा भने सिद्धार्थ बैंक सबैभन्दा अघि देखिएको छ । सिद्धार्थले एक महिनामा ३ अर्ब २२ करोडले निक्षेप बढाएको छ भने त्यसपछि हिमालयन बैंकले २ अर्ब ८२ करोड, एनएमबि बैंकले २ अर्ब ५८ करोड, लक्ष्मी बैंकले २ अर्ब ५४ करोड, प्राइमले २ अर्ब १८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ११ करोडले निक्षेप घटेको छ । त्यसैगरी कुमारी बैंकले १ अर्ब ५१ करोड तथा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३५ करोड निक्षेप बढाउँदा बाँकी १२ ओटा बैंकहरुको भने १ अर्ब रुपैंयाभन्दा कममात्र निक्षेप बढेको छ ।

फागुन महिनामा निक्षेप घटेका सबै बैंकहरुले माघ महिनामा भने निक्षेप बढाएका थिए भने माघमा निक्षेप घटाएका वाणिज्य बैंकहरुको ९ वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा सबै बैंकहरुले फागुन महिनामा निक्षेको आकारमा सुधार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.