हिमालय उर्जाको सेयर तेश्रो दिनमै झण्डै ३ गुणा आवेदन

  २०७५ चैत २४ गते १९:३५     विकासन्युज


काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा तेश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा ५१ हजार ३१६ जना आवेदकहरुले ३७ लाख ३५ हजार २९० कित्ता सेयरको लागि ३७ करोड ३५ लाख २९ हजार रकम आवेदन गरेका छन ।

बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले सेयर निष्काशन भएको तेश्रो दिनमै माग भए भन्दा ३ गुण बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।

१४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ३ % अर्थात ४४,५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेवाको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमा उल्लेख भए अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मेवा लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.