चैत २७ गतेदेखि ललित अन्तर्राष्ट्रिय ब्यापार मेला हुने, ‘लगानी भित्र्याउन केन्द्रित’

  २०७५ चैत २४ गते १७:३०     विकासन्युज


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा चैत्र २७ गते देखि बैशाख १ गतसम्म ललित अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् ।

ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरेको संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष कृष्णलाल महर्जनले राजधानीसँगै जोडिएको जिल्ला भएपनि ललितपुरको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुरको आफ्नै सामथ्र्य र सम्भावना छन् । तिनै सम्भावनालाई मूर्तरुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरेको बताए । ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउन दिशामा मेला केन्द्रित हुने महर्जनले बताए ।

मेलामा करिब १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहने छ । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने छ । विभिन्न सांस्कृतिक झाँक्रीसहित संस्कृतिको आनन्द र मनोरम वातावरणमा क्रेता र बिक्रेता प्रत्यक्ष भेटघाट हुने अवसर पनि मेलाले सिर्जना गर्नेछ । मेलामा दर्शकहरुले अत्याधिक रुचाएको बुकिबुकीको विशेष प्रस्तुती रहने छ ।

मेलाले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई पनि टेवा पुर्याउने संघले जनाएको छ । मेलामा करिब ५ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकले गरेका छ । करिब ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.