रिद्धिसिद्धि सिमेन्ट बजारमा, ल्याब टेस्ट र गुणस्तर मापन रोबोटबाट !

  २०७५ चैत २४ गते १६:४५     विकासन्युज

काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुप संयुक्त सहकार्यमा हेटौँडामा उत्पादित रिद्धिसिद्धि सिमेन्ट आइतबारदेखि बजारमा आएको छ । उद्योग व्यवस्थापनले राजधानीमा पत्रकार सम्मेलन गरी सिमेन्ट बजारमा ल्याइएको जानकारी गराएको हो ।

सो सिमेन्ट उत्पादनमा रोबोटले ल्याब टेस्ट र गुणस्तरको मापन गर्दछ । लेजर सिल प्याकेजिङ तथा रोबो ल्याव सिस्टमसहित उत्पादित ओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो ।

शंकर ग्रुप अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकरहरी न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरेका हुन् । अन्य सिमेन्टको तुलनामा रिद्धिसिद्धि सिमेन्ट उत्कृष्ट र फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए ।
अन्य सिमेन्टको जस्तै बजार सुहाँउदो मूल्य कायम गरिएको उनले बताए ।

हेटौँडामा प्लान्ट, दैनिक ३ सय टन उत्पादन
हेटौँडा उपमहानगरपालिकाको रातामाटेमा ४० बिघा क्षेत्रफलमा कम्पनीले प्लान्ट स्थापना गरेको छ । निबुवाटार र राक्सीराङका खानीबाट चुनढुङ्गा ल्याउने जानकारी दिएको छ । कम्पनीले दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्ने छ । अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले १० अर्ब स्वदेशी लगानीमा उक्त कम्पनी स्थापना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.