राष्ट्रिय बाणिज्य बैंकले ६६१ जना कर्मचारी माग्यो, बैशाख १२ गतेसम्म आवदेन दिन सकिने

  २०७५ चैत २२ गते ११:४७     विकासन्युज


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतियोगिताद्वारा ६६१ जना कर्मचारी स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले शुक्रबार पदपूर्ति सम्बन्धी दरखास्त फारम भर्न सूचना प्रकाशित गरेको छ । वरिष्ठ प्रबन्धक देखि सहायक स्तरसम्मको पदपूर्ति गर्ने बैंकले जनाएको छ ।

नवौं तहको बरिष्ठ प्रबन्धक २ जना, आठौँ तहको प्रबन्धक ७ जना, सातौ तहको उपप्रबन्धक ११ जना, छैठाँै तहको सहायक प्रबन्धक १४२ जना, पाँचौँ तहको वरिष्ठ सहायक(प्रशासन) १०५ जना, वरिष्ठ सहायक(कानून) १० जना, वरिष्ठ सहायक(नगद) ३२ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) ४३, चौथो तहको सहायक(प्रशासन) २३९ र सहायक(नगद) ७० जना कर्मचारी माग गरिएको हो ।

बरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक र सहायक प्रबन्धक पदको आवेदन दिनका लागि स्नातकोत्तर उत्तीर्ण हुनु पर्नेछ । त्यसैगरी बरिष्ठ सहायकको लागि स्नातक र सहायक पदका लागि प्लस टु उत्तीण गरेको हुनु पर्नेछ ।

आवेदकले बैशाख १२ गतेसम्म आवदेन दिन सक्नेछन्, यो अवधिमा आवेदन नदिए दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ । अनलाइनबाट फारम भर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.