हावाहुरीले भत्काएकाे घर सेनाले बर्षाअघि नै बनाइदिने, ९० प्रतिशत सरकारी अनुदान

  २०७५ चैत २१ गते २२:२४     विकासन्युज

काठमाडौं । आइतबार राती आएको हावा हुरीबाट क्षतिग्रस्त भएका घरहरुको पुनर्निमाण सरकारले गरिदिने भएको छ । बिहीबार बसेकाे मन्त्रीपरिषद् बैठकले त्यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसका लागि सरकारले बारा  र पर्सा जिल्लाका प्रमुख जिल्लाअधिकारी, नेपाली सेनाका प्रतिनिधि, शहरी विकास मन्त्रालयका प्रतिनिधि सहितकाे ५ सदस्यीय समिति गठन गरेकाे छ । उक्त आवासकाे निर्माण जनता आवास कार्यक्रम अन्तर्गत गरिने र त्यसकाे जिम्मा नेपाली सेनालाई दिइएको समेत मन्त्री बास्कोटाले जानकारी दिए ।

आइतबारको हावाहुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने करिब ५०० घरहरु आंशिक वा पूर्ण क्षति भएका थिए । हाबाहुरीबाट करिब १५ कराेडकाे क्षाति भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ ।

कसरी पाउँछन् पीडितले राहत ?

सरकारले २ वर्ष अघि ल्याएको जनता आवास कार्यक्रमअन्तर्गत पहिलेदेखि नै बसोबार गर्दै आएका र आफ्नो नाममा जग्गा धनी पूर्जा भई नियमित तिरो तिर्दै आएका पीडितलाई क्षतिको अवस्था हेरेर सरकारले विभिन्न अंक दिने र लाभग्राही छनौट गर्ने प्रावधान राखिएको छ । यद्यपि यसअघि सिमेन्ट प्रयोग गरेर बनाइएको घर, कर्कट जस्तापाता वा ढलान गरिएको घर र आफ्नो जग्गा पुर्जा नभई सरकारी जग्गा वा ताल पोखरी नजिक बसेकालाई भने त्यस्तो कार्यक्रममा समाबेश गर्न नसकिने प्रावधान राखिएको छ ।

यस्तो कार्यक्रम अन्तर्गतका आवासमा लाभग्राहीले श्रमदान वा नगद जिन्सीको रुपमा कम्तीमा १० प्रतिशत लागत सहभागिता व्यहोर्नुपर्ने प्रावधान समेत तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.