पूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि कार्यान्वयन गर्न बीमा समितिको निर्देशन

  २०७५ चैत २१ गते १८:२४     विकासन्युज


काठमाडौ । बीमा समितिले सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ कार्यन्वयन गर्न निर्देशन दिएको छ । समितिले बीमा कम्पनीहरुलाई सो विषयमा कार्य गर्न/गराउन निर्देशन दिएको हो ।

समितिको परिपत्रमा उल्लेख भए अनुसार कार्यविधिको परिच्छेद-३, दफा–८(व्यवसाहको बीमा सम्बन्धी व्यवस्था) मा उल्लेख भए बमोजिम बीमा गराउनु पर्नेछ । यसरी नै सहुलियत पूर्ण कर्जा अन्र्तगत बीमालेख जारी गर्दा समितिबाट स्वीकृत लघु बीमा लेख, बाली तथा पशुपन्छि बीमा लेख, अन्तर्गतका बीमा लेखहरु मात्र जारी गर्नु पर्छ ।

अन्य व्यवसायको हकमा भने समितिबाट जारी गरिएको एकिकृत सम्पत्ती बीमालेख अन्र्तगत रही बीमा लेख जारी गर्नु पर्छ । यसै अन्र्तगत जारी हुने बीमा लेखमा सहुलियत पूर्ण कर्जाकालागि ब्याज अनुदान लेखिएको नामको छाप लगाउनु पर्छ । आगामी दिनमा बीमा लेख सम्बन्धी बील तथा अन्य विवरणको प्रमाणीत छायाँप्रति बीमा समितिमा पेश बुझाउनु पर्छ । संलग्न बमोजिमको ढाँचामा बीमाको सम्पूर्ण विवरण जिल्लागत रुपमा समितिमा पेश गर्नुपर्छ । यसमा (हार्ड कपी र सफ्ट कपी दुवै) पर्छ ।

बीमा कम्पनीहरुबाट कुनै महिनामा कुनै पनि प्रकारको बीमा लेख जारी नभएको अवस्थामा पनि सोको लिखित जानकारी समितिमा पेश गर्नु अनिवार्य मानिएको छ ।  साथै, यस्ता विवरण प्रत्येक महिना समाप्त भएको मितिले १० दिनभित्र बीमा समितिमा पेश गर्नु पर्ने पाईन्छ । उक्त निर्णयहरु बीमा समितिले चैत्र १७ गते गरेको समितिको पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, मंसिर १० गते पत्र जारी गरेर सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ उल्लेख गरिएको बीमा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.