धितोपत्र बोर्डलाई ओईसीडीको सदस्यता, अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने

  २०७५ चैत २१ गते १७:५५     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिबृद्धि गर्ने अन्तर्राष्ट्रिय संस्था ओईसीडीको सदस्यता प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम अनुसार जनवरी १, २०१९ बाट लागू हुने गरी बोर्डले नेपालको तर्फबाट उक्त संस्थाको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

ओईसीडीको पूर्ण सदस्यता प्राप्त गर्नेमा बोर्ड नेपालको पहिलो निकाय बनेको छ । नेपालमा वित्तीय साक्षरता न्यून रहेको सन्दर्भमा विश्वव्यापी रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्य गर्ने गरी स्थापित उक्त संस्थाको सदस्यता लिँदा पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम ज्ञान तथा प्रविधिको जानकारी भई देशमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न उपयुक्त वातावरण तयार हुन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।

ओईसीडीले वित्तीय साक्षरताको महत्वलाई आत्मसात गर्दै यस सम्बन्धी गतिविधि विस्तार गर्न एक विशिष्ट संस्थाको योजना गरे अनुरुप सन् २००८ मा आइएनएफईको स्थापना भएको हो । यस संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय समावेशिता, युवा तथा महिला वर्ग, दीर्घकालिन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् भने नियमित सदस्यतर्फ ९५ देशका १७२ संस्थाहरु रहेका छन् ।  बोर्डले सदस्यता पाएसँगै बोर्ड र ओईसीडी आइएलएफईको संयुक्त आयोजनामा आगामी जुलाई २–३, २०१९ मा वित्तीय साक्षरता सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने गर्ने तयारी गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.