गुराँस लाइफको साधारण सभा, ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित

  २०७५ चैत २१ गते १७:३५     विकासन्युज


काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न नबौं वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । ८ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गरिने भएको हो ।

बोनश शेयर र ५० प्रतिशत हकप्रद सेयर जारी गरे पश्चात गुराँस लाइफको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाइएको छ । सोही पूँजीको शत प्रतिशत १ बराबर १ हकप्रद जारी गर्ने कम्पनीको निर्णय छ । बीमा समितिले जीवन बीमा गर्ने कम्पनीहरुले आगामी असार मसान्त भित्र चुक्तापूँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन दिई सकेको छ ।

कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी २ अर्ब कायम गरी आफ्नो प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको हो । साधारण सभालाई संबोधन गर्दै गुराँस लाईफका अध्यक्ष विबेक दुगडले लगानीकर्ताको हितमा आफूहरुले काम गर्ने जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्राईले लगानीकर्ता माझ भने–‘हाम्रो ध्यान नपुगेको ठाउँमा हजुरहरुले औल्याईदिनु होस्, त्यसलाई हामी सुधार गर्न तयार छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.