राम्रो काम गर्ला र सरकारको प्रशंसा गरौंला भन्दा भन्दै सास जाने भो

  २०७५ चैत २१ गते १७:१२     भीम प्रसाद उपाध्याय

भीम प्रसाद उपाध्याय, पूर्व सचिव

काठमाडौं । नेताहरूले न्यायाधीशको नियुक्ति खल्तिबाट राजनीतिक नियुक्ति सरि गरेका छन् । यसरी खल्तिबाट न्यायाधीश नियुक्त गार्न पाइने संबिधान दुनियाँमै छैन् । विश्वमा मुलुकको धज्जी उड्ने यो भन्दा अरु कुनै बिषय हुन सक्दैन सायद । न्यायको अन्तिम बिश्वासको धरोहरको रुपमा रहेको न्यायलयको जग पनि यति कमजोर बनाए पछि मुलुकको बिश्वास बढेर सगरमाथा छुने नै होला अब ?

नेता, सांसद, मन्त्री, संबैधानिक निकायका पदाधिकारी, राजदूत, संस्थान वा प्राधिकरणका पदाधिकारीहरू, शिक्षक र अन्य राज्यका निकायहरूमा राजनीतिक नियुक्तिले थिलोथिलो त पारेकै थियो । यसमाथि गॉड पनि थपिन पुगेछ। अब निजामति, सेना, प्रहरी कर्मचारी पनि राजनीतिक नियुक्ति दिन किन बॉकी राख्ने ? अब बॉकी राजनीति गर्नेहरूलाई झमेला भएको ती ठॉउमा पनि राजनीतिक नियुक्ति दिएर सम्पूर्ण क्रान्ति गरे भयो, टण्टै साफ । सुशासनको अब्बल नमूना विश्वलाई सिकाउन पाइहालिन्छ ।

गभर्नेन्सको पक्षमा कुनै एउटा भए पनि सकारात्मक काम होला र मुक्त कण्ठले सरकारको प्रशंसा गर्न पाईएला भनेर एक टक लाएर आश गर्दागर्दै शास जाने भयो ।
सरकार असल र समृद्ध हुने भनेको गभर्नेन्सले हुने हो , रेल, जहाज, मेट्रो र भत्ताको आश्वासन बॉडेर हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.