बैशाख २६ गतेदेखि राष्ट्रिय लघु तथा साना औद्योगिक प्रदर्शनी हुँदै, २०० स्टल रहने

  २०७५ चैत २१ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि ३० गतेसम्म राजधानीमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी २०७६’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि राष्ट्रिय लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनीमार्गिस्थत भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिककरणका लागि सबै जुटौं’, भन्ने रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले विहिवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

मुलुकभरका झण्डै ७  लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिने उनको भनाइ छ ।

प्रदर्शनीमा नेपालका ७७ वटै जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमी सहभागिता सुनिश्चित गरिएको छ । २०० वटा स्टल रहने उक्त मेलामा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.