साताको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, ४२ करोडको कारोबार

  २०७५ चैत २१ गते १५:४७     विकासन्युज


काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.६४ अंकले घटेको हो । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेको नेप्से परिसूचक बाँकी ३ दिन बढेपनि अन्तिम दिन पुनः ओरोलो झरेको हो ।

बिहीबार ०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६५.२० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १७ लाख ६९ हजार ७ सय कित्ता सेयर खरिद बिक्री हुँदा ४२ करोड ३४ लाख ९२ हजार ६ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

बजार बढेपनि नेप्सको ४ समूह मात्र हरिया भए भने अन्य सूचक राताम्मे भए । बैंक समूह ०.९५, वित्त समूह ०.५१, निर्जीवन बीमा समूह १.०५, उत्पादनमूलक समूह ६.०५ अंकले बढेको छ । होटल समूह २३.४८, विकास बैक ४.५९, जलविद्युत समूह ०.८३, अन्य समूह ०.३४, माईक्रोफाईनान्स समूह ८.७७ र जीवन बीमा समूह २०.०८ अंकले घटेका छन् ।

साताको अन्तिम दिन बिहीबार सिन्धु विकास बैंकका लगानीकर्ताले ५.१९ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.