हावाहुरी पीडितलाई स्वावलम्बन लघुवित्तको ४ लाख ६० हजार नगद सहयोग

  २०७५ चैत २१ गते १५:३१     विकासन्युज

काठमाडौँ । स्वावलम्बन लघुवत्ति वित्तीय संस्था लि.ले बारा जिल्ला स्थित फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाउँमा आएको विनासकारी हावाहुरी पीडित घरपरिवारलाई रु.४ लाख ६० हजार नगद सहयोग गरेको छ ।

संस्थाले हावाहुरीका पिडितलाई पहिचान गरी थप राहत तथा सहयोग गर्ने बताएको छ । वित्तीय संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपंक्षीको समेत नोक्सान भएको प्रारम्भिक तथ्यांकको आधारमा शाखा कार्यालय कलैया, बारा मार्फत उक्त रकम उपलब्ध गराएको हो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित घरपरिवारलाई पटक पटक राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रुपमा गर्दै आएको प्रबन्धक राजेन्द्र धितालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.