ऋद्धिसिद्धि सिमेन्टले पायो गुणस्तर चिह्न

  २०७५ चैत २० गते १८:३२     विकासन्युज


हेटौँडा । ठूलो कारखानामा सञ्चालन भएको ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु १० अर्ब लगानीमा स्थापित उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो ।

अहिले शिवम् सिमेन्ट र अर्घाखाँची सिमेन्टबीच रहेको प्रतिस्पर्धामा अब ऋद्धिसिद्धि पनि ओर्लेको हेटौँडाका उद्योगी व्यवसायी बताउँछन् । उद्योगबाट अहिले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन भइरहेको छ । अहिले ग्राइन्डिङ युनिट मात्रै सञ्चालनमा आएको हो । तीन महिनापछि आफ्नै क्लिङ्करबाट सिमेन्ट उत्पादन हुने उद्योगले जनाएको छ । गुणस्तरीय सिमेन्ट तयार गर्न उत्कृष्ट चुन ढुङ्गा चाहिन्छ ।

मकवानपुरको राक्सिराङ र निबुवाटारमा चुनढुङ्गा खानी छ । शक्तिखोरको प्रिमियम चुनढुङ्गा पनि उद्योगसँग छ । देशभरमा हेटौँडाको चुनढुङ्गा त्यसमध्ये एक हो । त्यसैकारण ऋद्धिसिद्धिले आफ्नो ब्राण्डिङका लागि हेटौँडाको सिमेन्ट ट्याग लाइन प्रयोग गरेको छ ।

उद्योगको कारखना हेटौँडाको रातोमाटेमा छ । चालीस बिघामा फैलिएको सो कारखानामा डेनमार्क र जर्मन कम्पनीका यन्त्र प्रयोग भएको छ । डेनमार्कको एएलिस्टिक मेशिन विश्वकै उत्कृष्ट मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.