महानगरिय ट्राफिक प्रहरी महाशाखालाई नाडाले गर्यो ७० थान कुर्सी सहयोग

  २०७५ चैत २० गते १५:०५     विकासन्युज


काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्सी प्रदान गरेको छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मंगलबार एक कार्यक्रमका बीच महाशाखाका प्रमुख बसन्त पन्तलाई उक्त कुर्सीहरु हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरीको महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा महाशाखाका उच्च अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका समय देखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.