माछापुच्छ्रे बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

  २०७५ चैत २० गते १४:५०     विकासन्युज


काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.ले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.