हिमालय उर्जाको आइपीओ खुल्यो, अधिकतम ६ हजार ५ सय कित्तासम्म भर्ना पाइने

  २०७५ चैत २० गते १३:०४     विकासन्युज


काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले चैत्र २० गते सर्वसाधारणतर्फ १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको सेयर आईपिओ बिक्री गर्न लागिएको हो ।

सामूहिक लगानी कोषलाई निष्काशित कित्ता मध्येको ५ प्रतिशत बराबर ७४ हजार २ सय ५० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशत बराबरको ४४ हजार ५ सय ५० कित्ता छुट्याएर बाँकी १३ लाख ६६ हजार २ सय कित्ता सेयर बिक्री गर्न लागेको हो । सर्वसाधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेड रहेको छ ।

साधारण सेयर छिटोमा चैत्र २५ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा बैशाख १९ गतेसम्म खुल्ला हुनेछ । आईपिओमा न्यूनतम ५० कित्ताका लागि ५ हजार रुपैयाँ देखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाईने व्यवस्था छ । संस्थापक सञ्चालक र आयोजना प्रभावितका लागि सेयर खरिद गरिसकेका व्यक्तीले उक्त आईपिओमा आवेदन गर्न पाउँदैैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.