अर्थमन्त्रीको प्रश्नः दोहोरो अंकको आर्थिक बृद्धिदर ल्याउने ड्राइभर के हो ?

  २०७५ चैत २० गते १२:१४     विकासन्युज


काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा दोहोरो अंकको आर्थिक बृद्धिदर ल्याउने ड्राइभर के हो भनी प्रश्न गरेका छन् ।
राष्ट्रिय विकास परिषद्को बैठकमा बुधबार उनले यस्तो प्रश्न गरेका हुन् ।

राष्ट्रिय योजना आयोगले १५ औँ पञ्चवर्षिय योजनाको आधारपत्रलाई अन्तिम रुप दिंदै गर्दा अर्थमन्त्री खतिवडाले भने–‘मुलुकमा दोहोरो अंकको बृद्धिदर कसरी आउँछ भन्ने कुरा पनि पञ्चवर्षिय योजनाको आधारपत्रमा उल्लेख गर्नुपर्छ ।’

राष्ट्रिय विकास परिषद् बैठकमा अर्थमन्त्री खतिवडाले भने–‘दोहोरो अंकको आर्थिक बृद्धिको ड्राइभर उर्जा, पर्यटन वा कृषि के हो ? त्यसको उपयोगको तरिका के हो ? ती क्षेत्रले अर्थतन्त्रलाई कसरी नेतृत्व गर्छ ?’ दुई दिनसम्म चल्ने बैठकमा अर्थमन्त्री खतिवडाले उच्च आर्थिक बृद्धिदरले धनी र गरिबबीचको खाडल कसरी घटाउँछ ? गरीबहरुलाई कसरी माथि उठाउन सकिन्छ ? यी विषयलाई महत्व दिनु पर्ने बताए ।

सूचना प्रविधिको उपयोगले गुमेको रोजगारीलाई कसरी परिपूति गर्ने भन्ने बारे नयाँ क्षेत्रको खोजी आवश्यक रहेको अर्थमन्त्री खतिवडाले बताए । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.