मेसीलाई आराम आवश्यक

  २०७५ चैत १९ गते २२:०९     विकासन्युज

काठमाडौं । उच्च लयमा रहेका लियोनल मेसीलाई मुख्य प्रशिक्षक इर्नेष्टो भाल्डभारेले निरन्तर प्रयोग गरिरहेका छन् । दुई उपाधी नजिक रहेको बार्सिलोना च्याम्यिान्स लिग जित्न आतुर छ । तर मेसीलाई लगातार मैदान उर्तादा च्याम्पियान्स् लिगलाई असर गर्ने देखिन्छ ।

बार्सिलोना केहि समयपछि भिल्लारियलको मैदानमा लालिगाको ३० औं खेलको लागि उत्रिदै छ । यसको ४ दिनपछि वा आइतबार बलियो प्रतिद्धन्दी एथ्लेटिको म्याड्रिड विरुद्ध खेल्दैछ । यसको ३ दिन पछि नै म्यान्चेष्टर युनाइटेडको सामना गर्दैछ । यसरी लगातार लालिगाको खेलमा मेसीलाई प्रयोग गरिरहँदा मेसी घाइते वा थाक्ने सम्भावना रहन्छ ।

यसकारण मेसीलाई पुरै समय मैदान उतार्न निकै जोखिमपुर्ण रहनेछ । लागिगामा बार्सिलोना १० अंकको स्पष्ट सुविधामा रहेको छ । जुन ३ खेल हार्दा पनि १ अंकको अग्रता हासिल गर्ने अवस्था हो । युनाइटेड भन्दा अघि एथ्लेटिकोसँग खेल खेल्नु बार्सिलोनाको लागि निकै चुनौती हुन्छ । किनभने यो खेल निकै प्रतिपर्धात्मक हुनेछ । यसमा महत्पुर्ण खेलाडी घाइते भए यूनाइटेडसँगको खेलमा सिधै असर पर्नेछ ।गत वर्ष इटालियन क्लब रोमाासँग ३० अग्रता जोगाउन नसकेको भाल्डभारे यो वर्ष निकै सजग हुनुपर्ने अवस्था छ ।

अहिले बार्सिलोनासँग प्रसस्त खेलाडी रहेको छ । लागीगामा उनीहरुको भरपुर प्रयोग गर्नु पर्ने देखिन्छ । भिडाल मालकोम जस्ता प्रभावसाली खेलाडीलाई पुरै समय खेलाएर मेसी, राकेटिक जस्ता खेलाडीलाई आराम दिनु बार्साका लागी च्याम्पियान्स लिग सहज हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.