सिविआईएल क्यापिटलको अध्यक्षमा बोधराज देवकोटा नियुक्त

  २०७५ चैत १९ गते १३:५६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिविआईएल क्यापिटलमा बोधराज देवकोटा अध्यक्षमा नियुक्त भएका छन् ।

संस्थाको अध्यक्ष रहेका गणेशराज पोखरेल मुख्य कम्पनी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएसँगै संचालक समितिको बैठकले बोधराज देवकोटालाई अध्यक्ष पदमा नियुक्ति गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापनको साथै डिम्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्ने अनुमति सिविआईएल क्यापिटलले लिएको छ ।

काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको सो संस्थाले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । सो कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.