मकवानपुर जुत्ता चप्पल व्यापार मेला चैत २३ गतेसम्म, नेपाली ब्राण्डमा उपभोक्ताको मोह

२०७५ चैत १८ गते १८:१४ विकासन्युज

मकवानपुर । हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा चैत २३ गते सम्म हुने भएको छ । फागुन २८ गतेबाट हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ताचप्पल व्यापार हाल सम्म १६ हजार जोर भन्दा माथी जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएको छ । जारी मेलामा हाल सम्म ८० हजार भन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा भारी छुटका विक्रि वितरण भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताए ।

मेलामा अवलोकन गरि हेटौंडा १२ पदमपोखरीबाट आएका श्यामबहादुर लामा भन्छन्, स्वदेशी ब्राण्ड प्रयोग गरौं भनेर आएको बजारको भन्दा धेरै नै सहुलियतमा जुत्ताचप्पल पाएको बताए । आफुले सहुलियतमा पाएकोले दुईजोर बोकेको बताए । गढीगाउँपालिका ५बाट आएका सुन्दर तिमल्सिनाले पनि बजारको भन्दा सस्तो जुत्ता मेलामा रहेको बताए ।

स्वदेशी ब्राण्ड पनि अब विदेशी ब्राण्ड जस्तै राम्रो र क्यालिटीको रहेको बताए । आफुले यस अघि पनि स्वदेशी ब्राण्ड प्रयोग गरेकोले मेला घुम्न र सामान किन्न आएको उनले बताए । उनी मात्रै होइन मकवानपुरका अधिकांशहरु मेला अवलोकन पश्चात सस्तो र राम्रो जुत्ताचप्पल पाएको बताएका छन्, । मेलामा प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत सरकारी कर्मचारीहरुले समेत उत्साहका साथ मेला अवलोकन गरिरहेका छन्, ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । नेपाली जुत्ता चप्पलको चर्चित सात वटा व्राण्ड मेलामा सहभागिता रहेको छ । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए ।

नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन, । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । हेटौंडा २ पल्पसा हलमा सञ्चालन भएको जुत्ताचप्पल व्यापार मेलामा चैत २३ गते शनिबार सम्म सञ्चालन हुनेछ ।