राष्ट्रपति र प्रधानमन्त्रीबारे अनावश्यक पोष्ट गर्नेलाई छाड्दैनौंः मन्त्री बास्कोटा

  २०७५ चैत १८ गते १६:२९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथी विकास तथा प्रविधि समितिमा उनले राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धबारे अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् ।

‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा गरिएका पोष्टहरु हामीसँग सुरक्षित छन्, अब त्यस्तालाई छाड्दैनौं’ मन्त्री बास्कोटाले भने । उनले देश टुक्र्याउँछु भन्दै फेसबुक र युट्युबमा भिडियो हाल्नेहरुलाई पनि कारवाही गरिछाड्ने स्पष्ट पारे ।

‘कसैले देश टुक्र्याउनकै लागि फेसबुक वा युट्युबमा आव्हान गर्यो भने के गर्ने ? तर अब हामी चुप लागेर बस्दैनौं ।’, मन्त्री बास्कोटाले भने । उनले सामाजिक सञ्जाललाई कानुनद्धारा नियमन नगरिए घर घरमा हाइड्रोजन बम फिटिङ गरे जस्तो हुने दावी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.