सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच संझौता

  २०७५ चैत १८ गते १६:०२     विकासन्युज


काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता भएको हो ।

त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने संझौता भएको हो । संझौता पत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.