६.४३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार

  २०७५ चैत १८ गते १५:३९     विकासन्युज


काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ ।

सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको छ । सोमबार २ सूचक बाहेक अन्यमा हरियाली देखियो ।

बैंक समूह १०.१५, होटल समूह ३३.६७, विकास बैंक समूह ६.३७, जलविद्युत समूह २.८७, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह २९.७, माईक्रोफाईनान्स समूह २.२८ र जीवन बीमा समूह २.२ अंकले बढेका छन् । उत्पादन मूलक समूह ४.४४ र अन्य समूह ५.९२ अंकले घटेका छन् ।

नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.