भिवो मोवाइल कम्पनीको उपहार योजना ‘नयाँ वर्षको वहार, आईपिएल टिकेट उपहार’

  २०७५ चैत १८ गते १५:२५     विकासन्युज


काठमाडौ । नयाँ बर्षलाई लक्षित गरेर भिवो मोवाइल कम्पनीले विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । चैत्र १८ देखि ३० गतेसम्म भिवोका कुनैपनि मोवाइल सेट खरिद गर्ने ग्राहकहरु उक्त उपहार योजनामा सहभागी हुन सक्ने छन् । भिवोका मोबाइल खरिद गर्ने ग्राहक मध्येबाट छनोट हुनेलाई आईपिएलको टिकट देखी स्मार्ट फोनसम्मका अफरहरु राखिएका छन् । भिवोले ‘नयाँ वर्षको वहार, आईपिएल टिकेट उपहार’ योजना ल्याएको छ ।

भिवो मोवाईलका सिनियर डिजिटल एजुकेटिभ पियुष गिरी भन्छन्–‘भिवो मोबाईलले ग्राहकको आवश्यकता अनुसार काम गर्दै आएको छ, यसपालि हामीले आईपिएल लक्षित भएर त्यसमा सहभागी हुन सक्ने अफर ल्याएका छौ । ’

भिवोको ल्याएको नयाँ बर्षको योजना अनुसार मोवाइल फोन खरिद गर्दा कम्पनीले ग्राहकको आईएमई नम्बर राख्ने छ । सोही नम्बरमा छनौट हुने लक्की ग्राहकले विभिन्न अफर प्राप्त गर्ने सफल हुन्छन् । चैत्र ३० गतेसम्म फोन खरिद गर्दा आईएमई नम्बर रजिस्ट्रर हुने व्यवस्था छ ।

८ दिनसम्म हुनेछ आईपिएल टिकेटको अफर
नयाँ बर्षको अफर १३ दिनको लागि भएपनि आईपिएल टिकेटको अफर भने ८ दिन भित्रमा मोबाईल किन्ने ग्राहकलाई मात्र प्राप्त हुनेछ । मंगलबारदेखि दैनिक १ जनाले आईपिएल टिकट पाउने छन् । टिकट ८ दिनसम्म वितरण गरिने छ । यसरी ८ दिनमा ८ जना टिकट योजनामा सहभागी हुन पाउँछन् । टिकेट प्राप्त गर्ने ग्राहकलाई होटलमा खाने तथा २ दिनसम्मको बस्ने सुविधा कम्पनीले नै व्यहोर्ने जनाएको छ ।

यस्तै, ५ दिनको लागि भने स्मार्ट फोनको अफर पाउन सकिने छ । स्मार्ट फोन अफर अन्तर्गत भिवोको ‘वाई एटिवान आई’ ५ जनाले पाउन सक्ने छन् । सो मोवाईलको नेपाली बजारमा १६ हजार ७ सय १९ रुपैयाँ पर्छ । साथै, १ सय ३० वटा भिवो व्यागको अफर समेत यही योजनमा समावेश छ । यस अफरमा भने दैनिक १० जना विजेतालाई भिवो व्याग वितरण गरिन्छ ।

यता, भिवो मोवाईलले नयाँ बर्षलाई लक्षित गरेर ‘भि फिप्टिन’ समेत भित्र्याउने तयारी गरेको छ । मोवाईल यसै साता भित्रिने कम्पनीले जनाएको हो । भिवोको नयाँ मोडेलको मोवाईल नेपाली बजारमा ४५ हजार ४ सय ९० रुपैयाँमा खरिद गर्न सकिने छ । यस्तै, नेपाली बजारमा भिवोको सबैभन्दा सस्तो मोवाईलको रुपमा ‘वाइ फिप्टी थ्री सि’ पर्दछ । जस्को बजार मूल्य १४ हजार ६ सय ९० रुपैयाँ पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.