कोरिया भाषा परीक्षा जेठ २५ र २६ गते, ९२ हजारको आवेदन

  २०७५ चैत १८ गते ७:५९     विकासन्युज

काठमाडौं । ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९२ हजार ३७६ आवेदन परेको छ । कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो ।

यही चैत्र ८ गतेदेखि ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस शाखाका अनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेदन दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् ।

गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.